रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
काठमाडौं । सहकारी ठगी अभियोगमा उच्च अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै रविको तर्फबाट उनको श्रीमती निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन् । सर्वोच्च प्रशासनले उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि सोमबार पेसी तोकेको हो ।
यसअघि रविले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत, बुटवलको आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट पनि दायर गरेका थिए । अदालतले यसमा उच्च र जिल्ला दुवै अदालतको कागजात झिकाइसकेको छ । यद्यपि थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने मागसहितको यो मुद्दा तत्काल नटुंगिने देखिएको छ । अघिल्लो मुद्दाको निर्णय आउन विलम्ब हुने देखेपछि रवि बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर अदालत पुगेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया