रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । सहकारी ठगी अभियोगमा उच्च अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै रविको तर्फबाट उनको श्रीमती निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन् । सर्वोच्च प्रशासनले उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि सोमबार पेसी तोकेको हो ।
यसअघि रविले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत, बुटवलको आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट पनि दायर गरेका थिए । अदालतले यसमा उच्च र जिल्ला दुवै अदालतको कागजात झिकाइसकेको छ । यद्यपि थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने मागसहितको यो मुद्दा तत्काल नटुंगिने देखिएको छ । अघिल्लो मुद्दाको निर्णय आउन विलम्ब हुने देखेपछि रवि बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर अदालत पुगेका हुन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया