भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु
नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ ।
अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए ।
उनले दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न लागेको र त्यसका लागि सबै प्रक्रिया पूरा भएको बताए । “एक जनाको प्रत्यारोपण सुरु भइसक्यो त्यो सकिएपछि अर्को हुन्छ”, डा सुवेदीले भने ।
मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोली पुगेका छन् । डा सुवेदीले अस्पतालको क्षमता बढाउँदै लगेपछि मिर्गौला प्रत्यारोपण गर्न टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने बताए।
उनका अनुसार महिनामा कम्तीमा एक जनाको मिर्गौला प्रत्यारोपण हुने र अस्पतालको जनशक्ति बढाउँदै लगिने छ । अस्पतालका यूरोलोजी विशेषज्ञ, डा दिपेश गुप्ता, एनेस्थेसिया डा पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा शौरभ हमाल, यूरोलोजीका डा अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा पारस श्रेष्ठलगायतको टोलीले मिर्गौला प्रत्यारोपण गर्ने जनाइएको छ ।
अस्पतालमा हाल दैनिक २० देखि २५ जना मिर्गौलाका बिरामीले डायलासिस गर्दै आएका छन् । यहाँ मिर्गौला प्रत्यारोपण न्यूनतम शुल्कमा हुने र यसबाट बिरामीले लाभ लिने डा सुवेदीको भनाइ छ ।
अस्पतालले पछिल्लो समय जलनका बिरामीका लागि छ शय्याको छुट्टै वार्ड, २० शय्याको सर्जिकल वार्ड, १६ शय्याको पोष्ट अपरेटिभ वार्ड, नयाँ ओपिडीसमेत सञ्चालनमा ल्याएको छ ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण अस्पतालको उपलब्धी हुनाका साथै त्यससम्बन्धी बिरामीका लागि उपचारको आशा जगाउने काम भएको बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया