आइतबारदेखि काठमाडौं उपत्यकामा बदली हुने

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज यहाँको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ ।
महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानका साथै कोशी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
ताजा अपडेट
-
हप्ता दिनभित्र सूचीकृत नभए ‘मेटा’ बन्द गर्छौंः मन्त्री गुरुङ
-
सरकार परिवर्तन कसैले चलाएको हल्ला हो : परराष्ट्रमन्त्री डा राणा
-
गाजामा खाद्यान्न, इन्धन र खोपको अभाव
-
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल
-
विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन
प्रतिक्रिया