कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि हुने
मोरङ । कोशी प्रदेशसको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज भएको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताए । बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ । साथै बैठकले कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया