मेक्सिकोको नौसेनाको जहाज ब्रुकलिन ब्रिजमा ठोक्कियो,कैयन् घाइते
काठमाडौं । मेक्सिकोको नौसेनाको एउटा ठूलो प्रशिक्षण जहाज न्यूयोर्क शहरको ब्रुकलिन ब्रिजसँग ठोक्किएर क्षतिग्रस्त भएको छ। यो जहाज एक विशेष समारोहको लागि त्यहाँ गएको थियो।
सार्वजनिक एउटा भिडियोमा शनिबार साँझ पुलमुनिबाट जहाज गइरहेका बेला पुलमा ठोक्किएको देख्न सकिन्छ ।
रिपोर्ट अनुसार, ठक्करपछि धेरै मानिस घाइते भएका छन् भने जहाजको केही भागहरू टुक्रिएर खसेका छन् ।
न्यूयोर्क सिटीको आपतकालीन व्यवस्थापन एजेन्सीले राहत कार्यमा लागिरहेको जनाएको छ । तर यससँग सम्बन्धित थप जानकारी दिइएको छैन।
मेक्सिकोको नौसेनाले जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ। साथै, घटनाको अनुसन्धान भइरहेको पनि बताएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया