रविको मुद्दामा आज सुनुवाइ नहुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा ‘हेर्दाहेदै’ राखिएको भए पनि आज सुनुवाइ नहुने भएको छ ।
न्यायाधीशद्वय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मङ्गलबार सुनुुवाइ प्रारम्भ भएर नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार आज संवैधानिक इजलासमा न्यायाधीश डा सुवेदी बस्नुपर्ने भएकाले उक्त इजलास बस्न नसकेको जानकारी दिए ।
सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका पूर्वगृहमन्त्री समेत रहेका लामिछाने तर्फबाट दायर भएको उक्त रिट निवेदन बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार हेर्न नमिल्ने सूचीमा परेको थियो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया