गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
काठमाडौं । रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना र निर्माण कम्पनीमाथि भ्रष्टाचार मुद्दा चलेकाे छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली, प्राविधिक दलबहादुर ओली, लेखापाल मेहन्द्र शर्मा र सडक निर्माण काम गर्ने कम्पनी मालिका बस्नेत निर्माण सेवा छेडागाड र प्राेपाइटर शान्त बहादुर बस्नेतविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।
बाँफिकोट गाउँपालिका वडा नं. २ मा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता भएकाे अख्तियारकाे ठहर छ । आर्थिक वर्ष २०७९/८० मा पिपलकाँडा मेलगैरी सडक निर्माण योजनाको लागि संघीय सरकारबाट प्राप्त रकम भएको रकम फिल्डमा भएको काम भन्दा बढी सड्क निर्माण भएको भनी नापी किताब तयार गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
त्यतिमात्र नभएर, लागत अनुमान, सम्झौता पत्र र जिल्ला दररेट अनुसार कार्य सम्पन्न भएको भन्दै अनुगमन प्रतिवेदनमा बुुझाइएको थियो । जसमा अनुगमन गर्ने पदाधिकारीहरुको हस्ताक्षर नै नभएकोले अख्तियारले बताएकाे छ।
आरोपपत्रमा भनिएको छ ‘प्रतिवादीहरुको मिलेमतो र संलग्नतामा बदनियतपूर्वक निर्धारित मापदण्ड विपरीत भएको निर्माण कार्यलाई लुकाई छिपाई मापदण्ड बमोजिम भएको भनी नभए नगरेको कामको समेत भए गरेको भन्ने झुट्टा एवं गलत कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार गरी गराई सोको आधारमा रु २१,६३,८६५।४४ निर्माण व्यवसायीलाई बढी भुक्तानी दिने/लिने कार्य गरी बाँफिकोट गाउँपालिका, रुकुम पश्चिमलाई हानी नोक्सानी र आफूहरुलाई गैरकानूनी लाभ पुर्याउने कार्य गरेको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न प्रतिवादीहरु उपर देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया