NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ८ गते

सुनको मूल्य तोलामा एक हजार सात सयले बढ्यो, कति छ भाउ ?

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।  आज तोलामा रु एक हजार ७०० ले सुनको मूल्य वृद्धि भएको छ ।

चाँदी पनि तोलामा रु ३५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५ मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष