बीमा लगानी कि सुरक्षा ?
काठमाडौं । भनिन्छ, जीवनको केही भर हुुदैन्, कुुन बेला कस्तो मोडमा पुगिन्छ त्यसकाे टुुंगो हुुँदैन् । जीवनका यीनै कठिन परिस्थिती आउँदा व्यक्ति विचलित हुनुका साथै आर्थिक भारसमेत थपिन्छ ।
यो बेला आफूसँग केही बचत भएत व्यक्तिमा केही आड भरोसा आउँला तर यदि बचत र सुुरक्षा दिने संयन्त्र नै भएन भने के हाेला ? हो, यीनै जीवनमा आइपर्ने कठिन परिस्थितीको सामना गर्न कुनै न कुुनै रुपमा सहयोगी बन्न सक्छ जीवन बीमा ।
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली बीमालाई अब व्यक्तिको अत्यावश्यक आवश्यकता गास, बास, कपाससँग जोड्ने समय आइसकेको ठान्छन् । नेपालवाचको टेलिभिजन प्रस्तुुती कुुरा पैसाकोमा उनले बीमा व्यक्तिको जीवनको सुुरक्षा भएको बताए ।
‘बीमाको उदेश्य व्यक्तिको जीवनमा आइपर्ने समस्याको जोखिम कम गर्नुु हो । ’उनले भने, ‘बीमा हरेक व्यक्तिको आवश्यकतासँग जोडिन्छ । बीमाले अरुप्रति आश्रित हुुनुुपर्ने अवस्था आउन दिदैन् ।’
व्यक्तिको जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगेमा यसले आर्थिक क्षतिपूर्ति प्रदान गर्छ । जसले भैपरी आउने घटनाबाट केही हदसम्म आर्थिक भार कम हुुन्छ ।
नेपालमा हाल १४ वटा जीवन बीमा कम्पनीहरु छन् । जसमा एउटा सरकारी र अन्य नीजी, विदेशी र सयुुक्त लगानीका रहेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार अझै ५५.४ प्रतिशत बीमा पहुुँच बाहिर छन् ।
कुुरा पैसाको यस पटकको अंकमा जीवन बीमाको महत्व र यसको आवश्कताबारे नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुुलीसँग छलफल गरिएको छ ।
हेरौं छलफलको पूरा भाग :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया