नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
काठमाडौं । अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्नामा कार्यरत नासुु पूर्ण सिंह विष्टविरुद्ध आरोपपत्र दर्ता गरेको छ ।
बिहीबार विशेष अदालतमा आयोगले नासुु सिंहले नियुक्ति लिदा एस.एल.सी. तहको झुट्टा नक्कली प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा चलाएको हो ।
विष्टले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको जी.एन.के. इण्टरमीडियट कलेज, कानपुरबाट हाइस्कुल उत्तीर्ण गरेको भनी झुट्टा प्रमाण-पत्र पेश गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा नियुक्ति लिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया