NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ८ गते

नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा

काठमाडौं । अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्नामा कार्यरत नासुु पूर्ण सिंह विष्टविरुद्ध आरोपपत्र दर्ता गरेको छ ।

बिहीबार विशेष अदालतमा आयोगले नासुु सिंहले नियुक्ति लिदा एस.एल.सी. तहको झुट्टा नक्कली प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा चलाएको हो ।

विष्टले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको जी.एन.के. इण्टरमीडियट कलेज, कानपुरबाट हाइस्कुल उत्तीर्ण गरेको भनी झुट्टा प्रमाण-पत्र पेश गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा नियुक्ति लिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष