NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

बहुमत ल्याएर प्रधानमन्त्री बन्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु अब बहुमत ल्याएर प्रधानमन्त्री बन्ने बताएका छन् ।

सोमबार प्रचण्डले बर्दियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ८४ यता सरकारमा नजाने बताउदै बहुमत ल्याएर आफुले भने जस्तो सरकार बनाउने बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले अझैँ ५-७ बर्ष देशलाई आफ्नो आवश्यकता रहेको बताउदै पाँच सात वर्ष आफु मर्न नहुने बताएका छन् ।

उनले भने- ‘मेरो स्वार्थ के छ भने म अझैँ पाँच सात वर्ष मर्नहुन्न भनेर आफूलाई बचाउनका लागि पनि मेहनत गरिरहेको छु । मलाई लागेको छ–यो देशका लागि पाँच सात वर्ष मेरो आवश्यकता छ ।’ आफु पछि पार्टीमा आफ्नो उत्तराधिकारी तयार नै रहेको समेत उनले बताए ।

प्रचण्डले दुई वर्ष मेहनत गरे माओवादी ८४ को चुनावमा ०६४ भन्दा बढी जित्ने दाबी गर्दै भने-‘बहुमत ल्याएर समाजवादको आधार देख्ने त्यो सपना देखेरै मैले मेहनत गरिरहेको छु । समाजवादी क्रान्ति सुरु गरेर माथि(स्वर्ग) जाने विचार छ मेरो ।’

ताजा अपडेट

नेपालवाच विशेष