तीनकुने घटना : ६१ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता
काठमाडौं -तीनकुने भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न ६१ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता भएको छ । बाँकी ४ जनाको भने सोमबार मुद्दा दर्ता हुने भएको छ ।
सरकारी वकिल कार्यालयका अनुसार घटनामा ३० जना बिरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ भने बाँकी ३१ जनालाई राज्य विरुद्धको अपराध, कर्तब्य ज्यान र ज्यान मार्ने उद्दोग अन्तर्गत मुद्दा दर्ता भएको छ ।
वकिल कार्यालयका प्रमुख सहन्यायधिवक्ता रामहरी काफ्लले घटनामा संलग्न ६१ जना विरुद्धको मुद्दा अदालतमा दर्ता भएको बताए । उनले भने,‘तीनकुने घटनासँग सम्बन्धित मुद्दा अदलतमा दर्ता भएको छ ।
मुद्दामा ६१ जनालाई प्रतिवादी बनाइएको छ । अन्य चार जना बालक पनि छन् । उनीहरु विरुद्धको मुद्दा भने भोली दर्ता हुनेछ । प्रहरीले १०८ जना विरुद्ध मुद्दा चलाउनु पर्ने भन्दै राय पेश गरेको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया