गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ- माओवादी केन्द्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको छ ।
सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्रालय अन्तर्गतका कर्मचारीहरुमाथि छानबिन शुरु भइसकेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माओवादीको निष्कर्ष रहेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।
उनले भने- ‘अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृहमन्त्रालयका कर्मचारी जोडिएका छन्, चौतर्फी आवाज आइरहेको छ, यस्तो अवस्थामा नैतिकताको आधारमा राजीनामा दिनुपर्छ, कांग्रेसका नेताहरुले समेत राजीनामा मागेका छन् । हाम्रो पार्टीको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।’
प्रवक्ता सापकोटाले गृहमन्त्री लेखकले तुरुन्त राजीनामा दिनुपर्छ र जति ढिला भयो उती राज्यको साख गिर्ने बताए ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया