जसपा नेपालका सांसद सरोज सिंहको घरमा अख्तियारको छापा, स्वकीय सचिव पक्राउ
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ ।
महोत्तरी क्षेत्र नम्बर-४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा छापामारी गर्ने क्रममा उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।
उनको घरबाट विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।
उनका स्वकीय सचिव पक्राउ परे पनि प्रदेश सांसद कुशवाहा भने सम्पर्कविहीन रहेको अख्तियार स्रोतको भनाइ छ ।
मधेश प्रदेश सरकारबाट प्रदेश सांसद कुशवाहाको भागमा परेको योजनाहरू बिक्री गरेको भने गोप्य सूचनाको आधारमा अख्तियारबाट खटेका टोलीले घरमा छापामारेको जनाएको छ ।
कुशवाहा महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट दोस्रो पटक निर्वाचित सांसद हुन् । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् ।
ताजा अपडेट
-
देवानगञ्ज हिंसा: कोशीका डीआईजीसहित सुनसरीका सीडीओ र एसपी फिर्ता, छानबिन समिति गठन
-
‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’ भन्दै सहकारी पीडितको प्रदर्शन
-
सुनसरी घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छः नेता आङदेम्बे
-
देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपील
-
सुनचाँदीको मूल्य बढ्यो


प्रतिक्रिया