लिभरपुलको विजय जुलुसमाथि कार कुदाइयो, दर्जनौं घाइते
काठमाडौं (एजेन्सी) । लिभरपुल फुटबल क्लबको जितको खुसीयालीमा इङ्ल्याण्डको लिभरपुल शहरमा आयोजना गरिएको परेडमा सहभागीमाथि एक व्यक्तिले अन्धाधुन्ध कार चलाएका छन् । घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् ।
बिबिसीले नर्थ वेस्ट एम्बुलेन्स सर्भिसलाई उद्धृत गर्दै २७ जना घाइतेलाई अस्पताल लगिएको जनाएको छ । यी घाइतेमा चार जना बालबालिका छन् । जसमा दुई जनाको अवस्था गम्भीर छ ।
विजय उत्सवमा सहभागी फुटबलप्रेमीमाथि किन कार कुदाइयो भन्ने खुलेको छैन ।
प्रहरीले परेडमा सहभागी व्यक्तिमाथि कार चलाएको भन्दै ५३ वर्षीय एक बेलायती नागरिकलाई नियन्त्रणमा लिएको छ ।
अधिकारीहरूले लिभरपुल फुटबल क्लबको विजय परेडमा भीडमाथि कार चलाएको घटनामा ‘आतंकवाद’को कुनै सम्बन्ध नदेखिएको जनाएका छन् ।
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले सामाजिक सञ्जाल एक्समा लिभरपुलको दृश्य डरलाग्दो भएको उल्लेख गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया