NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १३ गते

लिभरपुलको विजय जुलुसमाथि कार कुदाइयो, दर्जनौं घाइते

काठमाडौं (एजेन्सी) । लिभरपुल फुटबल क्लबको जितको खुसीयालीमा इङ्ल्याण्डको लिभरपुल शहरमा आयोजना गरिएको परेडमा सहभागीमाथि एक व्यक्तिले अन्धाधुन्ध कार चलाएका छन् । घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् ।

बिबिसीले नर्थ वेस्ट एम्बुलेन्स सर्भिसलाई उद्धृत गर्दै २७ जना घाइतेलाई अस्पताल लगिएको जनाएको छ । यी घाइतेमा चार जना बालबालिका छन् । जसमा दुई जनाको अवस्था गम्भीर छ ।

विजय उत्सवमा सहभागी फुटबलप्रेमीमाथि किन कार कुदाइयो भन्ने खुलेको छैन ।

प्रहरीले परेडमा सहभागी व्यक्तिमाथि कार चलाएको भन्दै ५३ वर्षीय एक बेलायती नागरिकलाई नियन्त्रणमा लिएको छ ।

अधिकारीहरूले लिभरपुल फुटबल क्लबको विजय परेडमा भीडमाथि कार चलाएको घटनामा ‘आतंकवाद’को कुनै सम्बन्ध नदेखिएको जनाएका छन् ।

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले सामाजिक सञ्जाल एक्समा लिभरपुलको दृश्य डरलाग्दो भएको उल्लेख गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष