प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात : शेखर कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति निरंकुशताकाे सुरुवात भएको बताएका छन् ।
मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेर दिएको अभिव्यक्तिको बारेमा छलफल हुनुको साटो आफ्नो बारेमा छलफल भएको बताए ।
`मैले सोचेको थिएँ कांग्रेसको बैठकमा प्रधानमन्त्रीकाे बाेलीबारे छलफल हुन्छ । तर, मेराेबारे छलफल भएर मलाई खुसी लाग्यो,´ उनले भने, `पार्टी कहाँ पुगेछ भन्ने थाहा भयो ।´
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया