धादिङको गल्छीमा नयाँ पुल बनाउँदा पुरानो पुलको भाग धस्सियो, दुईतर्फी सवारी अवरुद्ध
काठमाडौँ । पृथ्वी राजमार्ग स्थित धादिङको गल्छीमा पुरानो पुलको भाग धस्सिएपछि दुईतर्फ सवारी अवरुद्ध भएको छ ।
थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोला पुलको भाग धस्सिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले बताए । पृथ्वी राजमार्ग हुँदै चल्ने ठुला सवारी साधन सो पुल हुँदै चल्न रोक लगाइएको छ ।
काठमाडौँतर्फ जाने ठुला सवारीलाई डाइभर्ट गरेर गल्छी हुँदै पठाइएको एसपी सुवेदीले जानकारी दिए । सोताङ खोलामा पुराना पुलसँगै नयाँ पुलको निर्माण कार्य हुँदै छ । निर्माण कार्य गर्दा थर्किएर पुरानो पुलेको भाग धस्सिएको आकलन गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया