राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजका लागि पेसी तोकिएको छ ।
अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका थिए ।
रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथ गराउने निर्णय गैरकानूनी भएको जिकिर गरिएको छ ।
यस्तै, गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उठाउँदै नियुक्ति बदर गर्न माग गरिएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया