पहिरोले राप्ती राजमार्ग अवरुद्ध
दाङ– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्ल्यान सडकखण्ड अवरुद्ध भएको छ । सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार बुधबार बिहान सडक माथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो । एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ ।
सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया