यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
काठमाडौँ । यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो ।
महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको भए पनि यस वर्ष चाँडो हुने अनुमान गरिएको बताए ।
यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको तथा भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने उनले बताए ।
यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया