दार्चुलामा ढुंगा लागेर एकजनाको मृत्यु, एक घाइते
दार्चुला । दार्चुलामा माथिबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। नौगाड गाउँपालिका-६ धुलिगडाबाट बिहान बझाङतर्फ पैदल यात्रा गरिरहेका ७० वर्षीय कालु जोशी ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले बताए ।
उनका अनुसार बाटोमा हिँडिरहेका उनीमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेको हो । ढुंगाले लागेर नौगाड गाउँपालिका-६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया