भारतमा कोरोना संक्रमण बढ्दै, १२ जनाको मृत्यु
काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण फेरी बढिरहेको देखिएको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार मंगलबार भारतमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
रिपोर्टका अनुसार मंगलबार उत्तर प्रदेशको फिरोजाबादमा उपचारको क्रममा ७८ वर्षीय एक कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ । यो उत्तर प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट जेएन १ बाट पहिलो मृत्यु हो । यसबाहेक, केरला, महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल १२ बिरामीको मृत्यु भएको छ ।
त्यसैगरी हाल भारतमा सक्रिय केसहरूको संख्या १०८१ पुगेको छ । जसमा सबैभन्दा बढी ४३० संक्रमित केरलामा रहेका छन् ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिले ४ भेरियन्टहरू फेला परेका छन् । जसमा एकएफ ७, एक्सएफजी, जेएन १, र एनबी १.८.१. भेरियन्टहरू रहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया