संसदको अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख
काठमाडौं । प्रतिनिधिसभा बैठक बुधबार ११ बजे बस्ने पूर्व निर्धारित सूचना भए पनि अहिलेसम्म चल्न सकेको छैन। सभामुख देवराज घिमिरे पार्टीका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संग्लनता रहेको भन्दै प्रमुख प्रतिपक्ष दलहरूले उनको राजीनामा माग गरेका छन्।
मंगलबार पनि प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताएका थिए । जसले गर्दा मंगलबार बैठक स्थगित भएको थियो। आजै सत्तारुढ नेपाली कांग्रेस–नेकपा एमालेको बैठकले गृहमन्त्रीले राजीनामा पनि नदिने र संसदमा उठेका प्रश्नहरूको जवाफ गृहमन्त्रीले दिने निर्णय गरेको थियो। तर, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षीले गृहमन्त्रीको राजीनामा बटमलाइन बनाएपछि सभामुखले सहमतिको प्रयास गरेका हुन्।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया