NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १५ गते

संसदको अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

काठमाडौं । प्रतिनिधिसभा बैठक बुधबार ११ बजे बस्ने पूर्व निर्धारित सूचना भए पनि अहिलेसम्म चल्न सकेको छैन। सभामुख देवराज घिमिरे पार्टीका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संग्लनता रहेको भन्दै प्रमुख प्रतिपक्ष दलहरूले उनको राजीनामा माग गरेका छन्।

मंगलबार पनि प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताएका थिए । जसले गर्दा मंगलबार बैठक स्थगित भएको थियो। आजै सत्तारुढ नेपाली कांग्रेस–नेकपा एमालेको बैठकले गृहमन्त्रीले राजीनामा पनि नदिने र संसदमा उठेका प्रश्नहरूको जवाफ गृहमन्त्रीले दिने निर्णय गरेको थियो। तर, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षीले गृहमन्त्रीको राजीनामा बटमलाइन बनाएपछि सभामुखले सहमतिको प्रयास गरेका हुन्।