विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
बैठक शुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै मंगलबारदेखिको संसद अवरोधलाई आज पनि निरन्तरता दिएका थिए ।
सभामुखले दलीय अधारमा बोल्ने वातावारण बनाउन आग्रह गरेपानी विपक्षी दलहरुले विरोध जारी राखेपछि बैठक स्थगित गरिएको हाे ।
प्रतिक्रिया