रास्वपाले भन्यो- संसदमा बजेट प्रस्तुत गर्न दिन्छौं
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि संसदमा बजेट प्रस्तुत हुन दिने भएको छ।
कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने जानकारी दिएका छन्। ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने।
रास्वपासहित विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमाथि छानबीनको माग राखेर संसद् अवरोध गरिरहेका छन्। तर संवैधानिक व्यवस्था बमोजिम भोलि (१५ जेठमा) प्रस्तुत हुनुपर्ने आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत हुन दिने रास्वपा नेता झाले बताए।
उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने भन्ने पार्टीको माग नरहेको पनि बताए।
‘गृहमन्त्री अघि बोल्न हामीले पाउनु पर्छ भन्ने हाम्रो माग हो । बोल्नै नदिने भनेका छैनौं’, उनले भने। उनले तर, गृहमन्त्रीको राजीनामा आफूहरुको ‘बटमलाइन’ भएको बताए।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया