NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १५ गते

भाेलि दिउँसाे बस्ने गरी स्थगित भयाे प्रतिनिधिसभा बैठक 

काठमाडौं ।  प्रतिनिधिसभा बैठक भाेलि दिउँसाे बस्ने गरी  स्थगित भएको छ ।

भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित  भएकाे संसद् सचिवालयले जनाएको छ ।

आज बैठक सुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । मंगलबार पनि विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखककाे राजीनामा माग गर्दै  बैठक अवरोध गरेका थिए ।