गृहमन्त्री लेखकले भने- म विरुद्ध नियोजित ढंगले षडयन्त्र भइरहेको छ
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध भइरहेको आक्रमण नियोजित, पूर्वाग्रही र षड्यन्त्रपूर्ण रहेको बताएका छन् ।
मंगलबार संसदमा बोल्न नपाएपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्दै उनले आफू राजनीतिक निशानामा परेको बताए ।
उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षडयन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’
भिजिट भिसा प्रकरणमा उनको संलग्नताको चर्चा हुँदै आएको छ। गृहमन्त्रीको राजीनामा माग विपक्षी दलहरुले गरिरहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया