NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १५ गते

मोहम्मद अफताब आलम कारागारबाट छुटे

काठमाडौँ। नेपाली काँग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन् ।

उच्च अदालत वीरगञ्ज इजलासले आलमलाई बुधबार सफाइ दिएको छ । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै उनलाई कारागारबाट छाडिएको हो ।

आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । जिल्लाको उक्त फैसला उल्ट्याउँदै वीरगञ्ज इजलासले आलमलाई सफाइ दिएको हो ।

उनी ललितपुरस्थित नख्खु कारागारमा थिए । संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए ।

घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।