NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते
गणतन्त्र दिवस

गणतन्त्र हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ – प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैले नेता छनोट गर्नपाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरेको बताएका छन् ।

गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुडिँखेलमा ओयोजित विशेष समाराहलाई सम्बोधन गदैं प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मससम्मान सुरक्षित रहने गणतन्त्रान्त्रिक व्यवस्थाको विकल्प अरु हुन नसक्ने बताए ।

गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले भने, “ सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रि व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियाे बनाउन लागेका छौँ । समृद्ध नेपाल सुशी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौँ ।”

उनले भने, “गणतन्त्र कुनै दलको स्वामित्व होइन यसको मालिक जनता हुन् । लोकतान्त्रिक गणतन्त्र ‘जनताका लागि जनताद्वारा जनताको शासन प्रणाली’ हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्त्रदायित्व पनि जनताकै हातमा छ ।”

प्रधानमन्त्री ओलीले अहिले जनताले मतदान गरेर, वडाका सदस्यादेखि देशको राष्ट्रपतिसम्म समावेशी रुपमा विभिन्न जात÷जाति र समुदायका कम्तिमा ३६ हजार ५७ प्रतिनिधिहरु चुनिने व्यवस्था रहेको स्पष्ट पारे ।

उनले भने, “गणतन्त्र आउनुअघि देशको विकासका सूचकाङ्कहरु कहाँ थिए, आज कहाँ पुग्यो । गणतन्त्र आउनुअघि मानव विकास सूचकाङ्क कहाँ थियो, आज कहाँ पुग्यो । राजतन्त्र हुँदाका अढाइसय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे । राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो, गरिवी कति थियो, कति घट्यो, खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो । जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो । यी सवैै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो”

ताजा अपडेट

नेपालवाच विशेष