किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन
काठमाडौं । सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२ /८३ बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यले सो रकम विनियोजन गरेको बताए ।
नेपालमा आवश्यक पर्ने रासायनिक मल अन्य देशबाट आयात हुँदै आएको छ । जसमा सरकारले वर्षेनी अर्बौं रकम अनुदानबापत उपलब्ध गराउने गरेको छ । सरकारले चालु आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया