पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
कास्की – पोखरा महानगरपालिका–२५ मर्दी खोलाको ड्याममा आज पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
साथीहरुका साथमा पौडी खेल्न गएका माछापुच्छ्रे गाउँपालिका–६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनको गोताखोरसहितको उद्धार टोलीले उनीहरुको उद्धारको प्रयास गरेको थियो ।
अस्तामका ६ बालक मर्दीमा पौडी खेल्न गएका थिए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया