आइपिएलको फाइनलमा पुग्यो रोयल च्यालेन्जर्स बैंगलुरु
काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु जारी आइपिएलको फाइनलमा पुगेको छ ।
विहिबार राति सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाव किंग्सलाई ८ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स फाइनलमा पुगेको हो ।
पञ्जावले दिएको १०२ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १० ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
रोयल च्यालेन्जर्सका लागि फिल साल्टले सर्बाधिक अविजित ५६ रन बनाए भने मयंक अग्रवालले १९, कप्तान रजत पाटीदारले अविजित १५ र विराट कोहलीले १२ रन बनाए ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु चौथो पटक आइपिएलको फाइनलमा पुगेको छ । यस अघि रोयल च्यालेन्जर्स बैंगलुरु २००९, २०११ र २०१६ मा फाइनलमा पुगेर पराजित भएको थियो ।
त्यस्तै यस खेलमा हार बेहोरेको पञ्जावले भने अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । दोस्रो क्वालिफायरमा पञ्जावले इलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीचको विजेतासँग खेल्ने छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया