आगामी आवको बजेट : केमा कर बढ्यो, केमा घट्यो ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँको बजेट विनियोजन गरेका हुन् ।
बजेटमा केही वस्तुको कर बढाइएको छ भने केहीको घटाइएको छ । कुकुर र बिरालाको खानेकुराको अन्तः शुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत बनाइएको छ । सुर्तीजन्य पदार्थको अन्तः शुल्क पनि यसपालि बढाइएको छ । सुर्तीजन्य पदार्थको सेवनबाट मानिसहरूको ज्यान जाने गरेकाले त्यसको प्रयोगलाई निरुत्साहित गर्न यसमा लाग्दै आएको कर बढाउनुपर्ने माग सरोकारवालाले राख्दै आएका थिए ।
त्यसैगरी, ग्रेनाइट, मार्वल तथा स्ल्याब, सिमेन्ट तथा कंक्रिट, इँटा र ब्लक, पावर बैंकलगायतको अन्तःशुल्क पनि आगामी साउन १ बाट बढ्ने भएको छ ।
त्यसैगरी, विभिन्न वस्तुहरूको भन्सार दर सरकारले घटाएको छ । सुकाएको अंगुर, सुर्तीरहित सुपारी, इनर्जी ड्रिङ्क, बदाम मिल्क सेकलगायतको भन्सार दर गत आवको भन्दा कम गरिएको हो ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट



प्रतिक्रिया