फोनपेकाे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५ सार्वजनिक

काठमाडौं । डिजिटल भुक्तानी सञ्जाल फोनपे ले “फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५” सार्वजनिक गरेको छ ।
जसले देशभरका विश्वविद्यालयका विद्यार्थीहरूलाई डिजिटल साक्षरता, फिनटेकमा नवीनता, र सामाजिक प्रभावमा सशक्त बनाउने लक्ष्य लिएको छ।
यस कार्यक्रमको मूल मान्यता भनेको विद्यार्थीहरू नै नेपालको भविष्यका डिजिटल नेतृत्वकर्ता हुन् भन्ने हो। आजको युवालाई सशक्त बनाएर मात्रै भोलिको डिजिटल समावेशी नेपाल निर्माण गर्न सकिन्छ भन्ने विश्वासमा आधारित यो कार्यक्रमले आधुनिक सीप र नेतृत्व क्षमताबाट भरिपूर्ण नयाँ पुस्ता तयार गर्ने उद्देश्य राखेको छ।
कार्यक्रमको एक विशेष पाटो हो – ‘टाइम टु टीच ब्याक” पहल, जसअन्तर्गत विद्यार्थीहरूलाई आफ्ना अभिभावक र समुदायका वृद्ध सदस्यहरूसँग जोडिएर डिजिटल वित्तीय उपकरणहरूको प्रयोग सिकाउने प्रोत्साहन दिइन्छ । जसले पुस्ताबीचको डिजिटल दूरी कम गर्न सघाउँछ।
यो वर्ष कार्यक्रमप्रति उल्लेखनीय उत्साह देखिएको छ, देशभरबाट १७० भन्दा बढी टिमहरूले आवेदन दिए । प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि ७५ टिमहरू – १५० विद्यार्थीहरू छनोट गरिएको छ, जो आफ्ना कलेज र प्रदेशको प्रतिनिधित्व गर्दै डिजिटल रूपान्तरणको यात्रामा संलग्न हुँदैछन्।
८ हप्ता लामो कार्यक्रम अन्तरगत विद्यार्थीहरूले डिजिटल भुक्तानी प्रवर्द्धन, सशक्त सामग्री सिर्जना, र नेतृत्व सीप विकासका चुनौतीहरू सामना गर्नेछन् । आधिकारिक फोनपे एम्बेसडरको रूपमा उनीहरूले आफ्ना कलेज र समुदायहरूमा सचेतना अभियान डिजाइन र सञ्चालन गर्दै व्यवहारिक अनुभव लिनेछन् र दीर्घकालीन सामाजिक प्रभाव सिर्जना गर्नेछन्।
जेठ १७ गते बाट सुरू हुने यो यात्रा क्षेत्रीय वर्कशपहरूसँग सुरुवात हुनेछ, जुन नेपालका प्रमुख शहहरूमा आयोजना हुनेछ । यी कार्यक्रममा सहभागीहरूलाई फोनपे फिनटेक इकोसिस्टमलाई आधार बनाएर कार्यक्रमको उद्देश्य, डिजिटल अभियान सञ्चालनका लागि आवश्यक उपाय, साधन र ज्ञान प्राप्त गराइने छ ।
८ हप्ताको अवधिमा विद्यार्थी एम्बेसडरहरूले मार्केटिङ, डिजाईन थिंकिङ्ग र डिजिटल फाइनान्समा विशेष तालिम पाउनेछन् आफ्ना कलेज तथा समुदायहरूमा फोनपे सेवा प्रवर्द्धन गर्नेछन् भने वृद्ध पुस्तासँग संलग्न गराएर डिजिटल समावेशीता फैलाउनेछन् ।
प्रतिस्पर्धामा उत्साह थप्नका लागि उत्कृष्ट टिमहरूलाईMacBook Air जस्ता आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ। फोनपे स्टुडेन्ट एम्बेस्डर कार्यक्रम २०२५ एउटा अभियान मात्र नभई डिजिटल नेपाल निर्माणमा समर्पित दीर्घकालीन प्रतिबद्धता हो।
नवप्रवर्तन र सामाजिक प्रभावलाई समेटेर, फोनपेले नयाँ पुस्तालाई सशक्त बनाउँदै नेपालमा जडित डिजिटल रूपान्तरणलाई तल्लो तहदेखि नेतृत्व गराउने लक्ष्य लिएको छ।
ताजा अपडेट
-
व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता
-
महाकाली सिँचाइ : तेस्रो चरणको काम तीन वर्षभित्र सकिने
-
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
-
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
-
आधारभूत कक्षामा विद्यार्थी संख्या शून्य
प्रतिक्रिया