कर्णाली विकास बैंकका अध्यक्ष राय पक्राउ
काठमाडौँ । कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पटक-पटक सञ्चालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको रु दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार थिए । सल्यान घर भइ हाल नेपालगञ्जमा उपमहानगरपालिका–१० बस्ने ६५ वर्षे राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ ।
रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिए।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया