काठमाडौं उपत्यकामा दुई वटा बसबाट यात्रुलाई नि:शुल्क सेवा दिँदै प्रहरी
काठमाडौं ।नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि दुई वटा नि:शुल्क बस सेवा सञ्चालन गरेको छ। यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरुद्ध भएपछि आइतबार नेपाल प्रहरीले नि:शुल्क बस सेवा सञ्चालन गरेको हो ।
दुई वटा बस दुई वटा छुट्टाछुट्टै रुटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नु नपर्ने प्रहरीले जनाएको छ ।
यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत ७ बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन्। सरकार र यातायात व्यवसायीहरूबीच सिंहदरबारमा वार्ता पनि भइरहेको छ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया