NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

सुदूर पश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूर पश्चिम प्रदेश धनगढीका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री  दीर्घ बहादुर सोडारीमाथि भष्ट्राचार मुद्दा दायर गरेको छ ।

सोडारीले पदीय मर्यादा विपरीतका काम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै आयोगले सोमबार विशेष अदालतमा मुुद्दा दायर गरेको हो ।

सोडारीले आफू पदमा हुुँदा खुद बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक वचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत, बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी ८५ लाख ९१ हजार तीन सय चौतीस रूपैयाँ र बयानब्बे पैसा वैधानिक आय आर्जन गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष