गाडी बन्द गराउँदै हिँड्ने १५ जना पक्राउ

काठमाण्डाै – प्रहरीले गाडी बन्द गराउँदै हिँड्ने १५ जना बन्दकर्तालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर गाडी बन्द गराउँदै हिँड्ने १५ जनालाई पक्राउ गरेको बताए ।
काठमाण्डौ उपत्यकामा प्रहरीले २ वटा बस सञ्चालन गरी निःशुल्क बस सेवा प्रदान गरिरहेको उनले बताए । यस्तै सशस्त्र प्रहरीले पनि काठमाण्डौ उपत्यकामा २ वटा वसबाट निःशुल्क सेवा दिएको जनाएको छ । साझा यातायातका पनि केही बस चलेका छन् । पोखरासहित देशका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई ‘स्कर्टिङ’ गरेर गन्तव्यतर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
पोखरामा व्यवसायीहरूले पर्यटन बसमा समेत अवरोध गरेका छन् । नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहजताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाण्डाैका प्रमुख होटलहरूसम्म पुग्नेहरूलाई निःशुल्क ‘शटल’ बसको सुविधा उपलब्ध गराइएको हो ।
सार्वजनिक गाडी बन्द हुँदा राइड शेयरिङका राइडरहरुले ठगी गरेका यात्रुहरूले गुनासो गरेका छन् । अनलाइनमा जान नमान्ने र अफलाइन बार्गेनिङ गर्ने गरेको यात्रुहरूको गुनासो छ ।
ताजा अपडेट
-
लगानी आकर्षित गर्न के गर्दैछ लगानी बोर्ड ?
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’
-
समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि : अध्यक्ष प्रचण्ड
-
ट्रम्पको नयाँ निर्णय: स्टिल र अलुमिनियम आयातमा ५०% कर लागू
प्रतिक्रिया