गाडी बन्द गराउँदै हिँड्ने १५ जना पक्राउ
काठमाण्डाै – प्रहरीले गाडी बन्द गराउँदै हिँड्ने १५ जना बन्दकर्तालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर गाडी बन्द गराउँदै हिँड्ने १५ जनालाई पक्राउ गरेको बताए ।
काठमाण्डौ उपत्यकामा प्रहरीले २ वटा बस सञ्चालन गरी निःशुल्क बस सेवा प्रदान गरिरहेको उनले बताए । यस्तै सशस्त्र प्रहरीले पनि काठमाण्डौ उपत्यकामा २ वटा वसबाट निःशुल्क सेवा दिएको जनाएको छ । साझा यातायातका पनि केही बस चलेका छन् । पोखरासहित देशका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई ‘स्कर्टिङ’ गरेर गन्तव्यतर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
पोखरामा व्यवसायीहरूले पर्यटन बसमा समेत अवरोध गरेका छन् । नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहजताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाण्डाैका प्रमुख होटलहरूसम्म पुग्नेहरूलाई निःशुल्क ‘शटल’ बसको सुविधा उपलब्ध गराइएको हो ।
सार्वजनिक गाडी बन्द हुँदा राइड शेयरिङका राइडरहरुले ठगी गरेका यात्रुहरूले गुनासो गरेका छन् । अनलाइनमा जान नमान्ने र अफलाइन बार्गेनिङ गर्ने गरेको यात्रुहरूको गुनासो छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया