भारतमा भीषण वर्षा : तीन सैनिकको मृत्यु, छ जना बेपत्ता
एजेन्सी– उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना बेपत्ता भएको भारतीय सेनाले सोमबार जनाएको छ ।
मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोका कारण भारतको उत्तरपूर्वी राज्यमा पछिल्लो एक सातामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । नेपाल र चीनसँग सीमा जोडिएको हिमाली राज्य सिक्किममा आइतबार साँझ गएको पहिरोमा परी सैनिकको मृत्यु भएको हो ।
सेनाले एक विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण आएको ठूलो पहिरो आइतबार साँझपख सेनाको क्याम्पमा खसेको जनाएको छ । सेनाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गरेको छ जसमा एक भवन अर्ध–जलमग्न भएको देखिन्छ ।
भारतमा मनसुनको मौसममा आकस्मिक बाढी आउनु सामान्य हो । यो सामान्यतया जुनमा सुरु हुन्छ र सेप्टेम्बरको अन्त्यसम्ममा कम हुन्छ ।
दक्षिण एसियामा गर्मी बढ्दै गएको छ र हालैका वर्षहरूमा मौसमी अवस्थामा परिवर्तन आएको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया