NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

सार्वजनिक यातायात ठप्प पारिएको प्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक यातायात व्यवसायीले सेवा ठप्प पारेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गण्डकी प्रदेश सरकारले नियमावली बनाएर राइड सेयरिङलाई मान्यता दिएपछि यातायात व्यवसायीले सोमबारदेखि सेवा ठप्प पारेकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको हो ।

यातायात बन्द गर्दा सर्वसाधारणमा भोग्नु परेको समस्याप्रति आयोगले चिन्ता व्यक्त गर्दै यसबारे सरोकारवाला पक्षसँग जानकारी लिइरहेको जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, ‘आम नागरिकको अधिकारमा पर्न जाने असरप्रति संवेदनशील हुँदै यातायात जस्तो अत्यावश्यकीय सेवा बन्द नगर्न, आवागमनलाई सुचारु गर्न एवं आफ्ना विरोधका कार्यक्रम सञ्चालन वैकल्पिक उपायहरूको अवलम्बन गर्न आयोग यातायात व्यवसायीहरूलाई आग्रह गर्दछ ।’

यस्तै कानुन निर्माण गर्दा सरोकारवाला पक्षसँग पनि पर्याप्त छलफल गर्न र पेसा व्यवसाय सञ्चालनमा देखिएका समस्या वार्तामार्फत समाधान गर्न आयोगले सरकारको समेत ध्यानाकर्षण गराएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष