प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक बुधबार दिउँसो बस्ने
काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने गरी स्थगन गरिएको छ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि दिउँसो २ बजेका लागि सारिएको थियो। तर, त्यसपछि पनि सहमति नभएपछि बैठक स्थगित गरिएको हो।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन्। उनीहरूले जेठ १५ गते बजेट प्रस्तुत गर्न भने अनुमति दिएका थिए।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया