क्रिकेट खेलाडीलाई प्रधानमन्त्री ओलीको बधाई
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेकोमा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।
गएराति स्कटल्याण्डमा भएको खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित हात पारेकामा प्रधानमन्त्री ओलीले खेलाडीको हौसला बढाउँदै सामाजिक सञ्जालबाट बधाई दिएका हुन् ।
शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको हो । त्यसअघि पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया