NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’

काठमाडौं – उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर– ५, बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन रु. तीन अर्ब ४२ करोड विनियोजन गरेको बताए।

मन्त्री सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।

बागमतीलाई सफा र स्वच्छ बनाउन आफूले मन्त्रालय सम्हालेको दिनबाटै चासो दिएको भन्दै उनले बागमतीसहित उपत्यकाका विष्णुमती, धोबीखोलालगायत सबै नदीलाई ढलमुक्त बनाउने गरी काम भइरहेको बताए। ‘नीतिगत रूपमा गर्नुपर्ने काम सरकारले गर्छ। तर, वृक्षरोपण गरेपछि रुख जोगाउने काम अरूले गरिहाल्छन् नि भनेर हुँदैन। रुख जोगाउन र नदीमा जथाभावी फोहोर मिसाउन नदिन स्थानीय समुदायले चासो राख्नुपर्छ,’ उनले भने।

कार्यक्रममा रु. ४० करोडभन्दा बढी योजना गोकर्णेश्वर नगरपालिकामा सहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको उल्लेख गर्दै नगरप्रमुख दीपक रिसालले उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिए। कार्यक्रममा सांसद सन्तोष चालिसेले पनि यसपटकको बजेटले उपत्यकाका महत्त्वपूर्ण योजनालाई प्राथमिकतामा राखेको बताए।

मन्त्रालयले सरकारी तलब खाने र संगठित क्षेत्रका कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने योजना बनाएको छ । यसो भएमा स्वास्थ्य बीमा कोषमा प्रिमियम पर्याप्त हुने र कार्यक्रम दिगो बन्ने मन्त्रालयले गठन गरेको स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा छ ।

संगठित क्षेत्र बीमामा जोडिन सक्यो भने संगठित क्षेत्रको योगदानबाट झन्डै ६० अर्ब रुपैयाँ बीमाले आम्दानी गर्ने मन्त्रालयको अनुमान छ । हाल बीमालाई वार्षिक २४ अर्ब हाराहारीमा रकम आवश्यक पर्ने देखिएको छ ।

‘२४ अर्ब चाहिने बीमाले ६० अर्ब आम्दानी गर्न सक्यो भने बीमा व्यवस्थित हुन्छ । औपचारिक र अनौपचारिक क्षेत्रलाई यो वर्षदेखि बीमा बोर्डमा जोड्ने तयारी अगाडि बढ्यो,’ मन्त्री पौडेलले भने ।

अहिले आम नागरिकले १०० रुपैयाँ खर्च गर्दा नागरिकको गोजीबाट ५५ रुपैयाँ खर्च भइरहेको छ । संगठित क्षेत्रलाई स्वास्थ्य बीमा प्रणाली जोड्दा नागरिकले ८ रुपैयाँभन्दा बढी खर्च गर्नु नपर्ने मन्त्री पौडेलले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष