NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

अमेरिकामा गोली लागेको अवस्थामा मृत्त भेटिए एकै परिवारका चार नेपाली

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कस्थित एक घरमा एकै परिवारका चार नेपाली गोली लागेको अवस्थामा मृत फेला परेका छन्। घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरू बिहीवार मृत अवस्थामा फेला परेको समाचारमा उल्लेख छ।

मृत फेला पर्नेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेको वासिङटन पोस्टले जनाएको छ। बालबालिकाको परिचय प्रहरी सार्वजनिक गरेको छैन। घरवालाले भाडावालहरूको जाँच गर्न प्रहरीलाई अनुरोध गरेपछि उनीहरूलाई मृत फेला परेका थिए।

चारै जनाको गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचारमा उल्लेख छ। घटनास्थलमा एक हतियार पनि फेला परेको छ। प्रहरीले उक्त मृत्युलाई हत्या वा आत्महत्या के हो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ। उनीहरू चारै जना नेपाली हुन् । छिमेकीहरूले मृतकहरू करिब ६ महिना अघि सो बस्तीमा बसाइँ सरेका थिए।मानेसास पार्क उत्तर भर्जिनियामा रहेको एउटा सहर हो, जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण–पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा पर्छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष