भिजिट भिसा प्रकरणमा सहमतिका लागि रास्वपाले पाँच बुँदे प्रस्ताव पठायो
काठमाडौँ। भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमतिका लागि छानबिन समिति बनाउन पाँच बुँदे प्रस्ताव पठाएको छ।
संसदमा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन उक्त प्रस्ताव रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक संसद अवरोध गर्दै आएका छन्।
अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन ।
आज पनि विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया