बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, नयाँ ब्राण्ड एम्बेसडर घोषणा
काठमाडौं । किराना खुद्रा चेन बिग मार्टले आफ्नो १६औँ वार्षिकोत्सव मनाएको छ। कम्पनीले वार्षिकोत्सवकाे अवसरमा नयाँ मोबाइल एपको आधिकारिक शुभारम्भ गर्दै सेलिब्रेटी जोडी आयुष्मान जोशी, प्रियंका कार्की र उनीहरूको छोरी आयंका कार्की जोशीलाई ब्राण्ड एम्बेसडरका रूपमा घोषणासमेत गरेकाे छ ।
बिग मार्टको मोबाइल एप अब एन्ड्रोइडमा उपलब्ध छ भने चाँडै आईओएसमा पनि ल्याउने तयारी गरिएको छ। एपमा ‘क्लिक एन्ड कलेक्ट’, मूल्य तुलना, नजिकको स्टोर खोजी, बिलिङ हिस्ट्री हेर्नु, छुट र रिवार्ड पोइन्टहरूजस्ता उपयोगी सुविधाहरू समावेश गरिएको छ। एप डाउनलोड गर्ने ग्राहकहरूले आफ्नो पहिलो अर्डरमा विशेष छुट समेत पाउनेछन्।
बिग मार्टका सीईओ तथा प्रबन्ध निर्देशक शश्वत ढकालले नेपालका हरेक छिमेकमा पुग्ने लक्ष्य रहेकाे बताउँदै एपको शुभारम्भले त्यस यात्रामा नयाँ उचाइ थपेको बताए । त्यस्तै, महाप्रबन्धक अरुण बस्नेतले यो एप केवल प्रविधि नभएर ग्राहकको सुविधा र अनुभव केन्द्रित सोचको प्रतिफल रहेकाे बताए ।
ब्राण्ड एम्बेसडरको प्रियंका कार्कीले बिग मार्टसँगको आफ्नो लामो सम्बन्धको उल्लेख गर्दै एपमार्फत अर्डर गर्दा पाउने सुविधाको प्रशंसा गरिन्। १६ वर्षअघि एक स्टोरबाट सुरु भएको बिग मार्ट अहिले १२० भन्दा बढी स्टोरहरूमा विस्तार भइसकेको छ। कम्पनीले भर्खरै ‘मिनी बिग मार्ट’ अवधारणा सार्वजनिक गरेको छ, जसले काठमाडौं उपत्यकाबाट बाहिरका क्षेत्रमा समेत आफ्ना सेवा विस्तार गरिरहेको छ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया