नेपाल बैंकका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारीसहित ५ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५ जनालाई प्रतिबादी बनाएर विशेष अदालतमा मुुद्दा दर्ता गरेको हो । अधिकारीले ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारको ठहर छ ।
रुपन्देही सिद्धार्थनगर-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको -र्याडिसन परियोजनाले १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६६ रुपैयाँ ऋण लिनको लागि नेपाल बैङ्क लिमिटेड प्रधान कार्यालयमा कागजात पेश गरी ऋण प्रक्रिया अगाडी बढेको देखिएको र अधिकारीले नेपाल बैङ्कवाट ऋण मिलाई दिन सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भन्ने खुस नसिब अन्सारी समेतका प्रतिबादीहरूसँगको मिलोमतोमा भुसाल हस्पिटालिटीका अंकित भुसालसँग रकम माग गरेको अख्तियारले बताएको छ।
प्रतिक्रिया