NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

नेपाल बैंकका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारीसहित ५ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५ जनालाई प्रतिबादी बनाएर विशेष अदालतमा मुुद्दा दर्ता गरेको हो । अधिकारीले ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारको ठहर छ ।

रुपन्देही सिद्धार्थनगर-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको -र्याडिसन परियोजनाले १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६६ रुपैयाँ ऋण लिनको लागि नेपाल बैङ्क लिमिटेड प्रधान कार्यालयमा कागजात पेश गरी ऋण प्रक्रिया अगाडी बढेको देखिएको र अधिकारीले नेपाल बैङ्कवाट ऋण मिलाई दिन सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भन्ने खुस नसिब अन्सारी समेतका प्रतिबादीहरूसँगको मिलोमतोमा भुसाल हस्पिटालिटीका अंकित भुसालसँग रकम माग गरेको अख्तियारले बताएको छ।

ताजा अपडेट

नेपालवाच विशेष