नेपाल लाओससँग २-१ ले पराजित
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम लाओससँग पराजित भएको छ । न्यू लाओस नेशनल स्टेडियममा मंगलबार साँझ सम्पन्न एएफसी एसियन कप २०२७ छनोट अन्तर्गतको खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।
लाओसको जितमा दामोथ थोंगखामसाभाथ र पीटर पान्थाभोंगले एक एक गोल गरेका थिए । नेपालका लागि एक गोल मनिष डागीले पेनाल्टी मार्फत गरेका थिए ।
लाओसको नेपालमाथि यो अहिलेसम्मकै पहिलो जित हो । यसअघि भएका ७ खेलमा नेपाल ५ खेलमा विजयी भएको थियो भने २ खेल बराबरी भएका थिए ।
एएफसी छनौट अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोरेको थियो ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया