नेपाल लाओससँग २-१ ले पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम लाओससँग पराजित भएको छ । न्यू लाओस नेशनल स्टेडियममा मंगलबार साँझ सम्पन्न एएफसी एसियन कप २०२७ छनोट अन्तर्गतको खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।
लाओसको जितमा दामोथ थोंगखामसाभाथ र पीटर पान्थाभोंगले एक एक गोल गरेका थिए । नेपालका लागि एक गोल मनिष डागीले पेनाल्टी मार्फत गरेका थिए ।
लाओसको नेपालमाथि यो अहिलेसम्मकै पहिलो जित हो । यसअघि भएका ७ खेलमा नेपाल ५ खेलमा विजयी भएको थियो भने २ खेल बराबरी भएका थिए ।
एएफसी छनौट अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोरेको थियो ।
प्रतिक्रिया