सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस
काठमाडौं- सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस भएको छ ।
मंगलबार बसेको न्यायपरिषद्को बैठकले एकजना वरिष्ठ अधिवक्ता र दुईजना उच्च अदालतका मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।
न्यायपरिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।
न्यायाधीशको सिफारिसमा परेका बरिष्ठ अधिवक्ता मेघराज पोखरेल (प्रमाणपत्र नम्बर ५४८) उमेरले ५८ वर्ष पुगेका छन् । उनी २०२४ सालमा जन्मेका हुन् ।
त्यसैगरी अर्का न्यायाधीश श्रीकान्त पौडेल ५९ वर्ष पुगेका छन् । ०२३ सालमा जन्मेका पौडेल ०५० सालमा न्याय सेवामा प्रवेश गरेका हुन् ।
त्यस्तै, सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकी ६० वर्षीया शान्ति सिंह थापा न्याय सेवामा ०७० जेठ २७ बाट प्रवेश गरेकी हुन् ।
तीनै जनाको नाम न्याय परिषदले संसदीय सुनुवाई समितिमा पठाएको छ । संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेमा राष्ट्रपतिबाट उनीहरु न्यायाधीश नियुक्तिका लागि योग्य ठहरिने छन् ।
संविधानको धारा १२९ अनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० न्यायाधीश रहन्छन् । हाल सर्वोच्चमा प्रधानन्यायधीशसहित १७ जना न्यायाधीशहरु कार्यरत छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया