एयर इन्डियाको विमान दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुख व्यक्त
काठमाडौँ । नेपालले भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गहिरो दुख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भारत सरकार र मित्रवत जनता र यस दुर्भाग्यपूर्ण घटनामा आफ्ना प्रियजन गुमाउने शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
मन्त्रालयले यस गहिरो दुःखको समयमा, नेपाल सरकार र जनता भारत सरकार र जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेका थिए । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार रहेको एयर इन्डियाले जानकारी दिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया